शनिवार राति रक्सी खाएर होटेलमा बसेका दुई पक्षबीच विवाद भएपछि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए ।
स्याङजाका एक मेयर शनिवार राति कुटिएका छन् । चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कुटिएका हुन् ।
शनिवार राति रक्सी खाएर होटेलमा बसेका दुई पक्षबीच विवाद भएपछि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए । बिहीवार मेयर गिरीको टोली स्याङजाबाट रारा जान हिँडेको थियो । होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरेको थियो ।
भक्तपुर काठमाडौंबाट रारा घुम्न गएको टोली सोही होटेलमा बस्न पुगेको थियो । होटेलमा मेयरको टोलीले होहल्ला गरेपछि आफूहरुलाई डिस्टर्व भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षबीच झडप भएको डीएसपी शर्माले बताए ।
C