ठूलो परिमाणमा पटकासहित ४ जना पक्राउ

ललितपुर महानगरपालिका १५ चापागाँउ दोबाटोबाट पर्सा वीरगन्ज रानीघाटका ३८ वर्षीय दीपक साह सोनारलाई विभिन्न ४२ किसिमका दुई हजार ५७ ओटा पटाकासहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर, रुपन्देही र ललितपुरबाट विभिन्न प्रकारका पटाकासहित चार जनालाई पक्राउ गरेको छ ।

शनिबार काठमाडौं महानगरपालिका ५ कालोपुलबाट काभ्रेका रिदम तामाङ र दिलीप श्रेष्ठलाई विभिन्न किसिमका एक सय चार प्याकेट पटाकासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका १५ चापागाँउ दोबाटोबाट पर्सा वीरगन्ज रानीघाटका ३८ वर्षीय दीपक साह सोनारलाई विभिन्न ४२ किसिमका दुई हजार ५७ ओटा पटाकासहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी भक्तपुर सूर्यबिनायक नगरपालिका ७ बासुटोल बस्ने ४२ वर्षीय पुरुषोत्तम बासुलाई एक हजार ४ सय ५२, रकेट पटाका ८, गमला पटाका १३, पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

उता रुपन्देही सिद्धार्थनगर नगरपालिका १ मा पनि ठूलो परिमाणको पटका बरामद गरिएको छ । सुरक्षा चेक जाँच गर्न बसेका प्रहरीलाई देख्नासाथ उक्त पटका छाडी भरियाहरु भागेको प्रहरीले जनाएको छ ।