शनिबार साँझ घरको आँगनमा खेलिरहेका आर्यनलाई चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गरेका बेला बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ प्यालेका मदन घिमिरेका ४ वर्षीय छोरा आर्यन घिमिरेको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
शनिबार साँझ घरको आँगनमा खेलिरहेका आर्यनलाई चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गरेका बेला बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएका बेला बालक आँगनमा खेल्दै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।