लमहीबाट ५० किलो चरेशसहित ५ जना पक्राउ

५ नम्बर प्रदेश प्रहरीको विषेश टोलीले शनिबार लमही नगरपालिका ९ अमिलियाबाट ५० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले दाङको लमहीबाट ५० किलो लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ ।

५ नम्बर प्रदेश प्रहरीको विषेश टोलीले शनिबार लमही नगरपालिका ९ अमिलियाबाट ५० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

विषेश सूचनाका आधारमा प्रहरी टोलीले रुकुम मुसिकोट नगरपालिका ११ का ४५ वर्षीय प्रेमबहादुर घर्ती, सल्यान दार्मा गाउँपालिका ५ का डिल्लीराज चन्द, रुकुम उत्तरगङ्गा गाउँपालिका १ काल्दुङकी रुपा घर्ती पुन, रुकुम भूमे गाउँपालिका २ कालदुङकी सपना पुन मगर र धिरुजंग बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ५ जनालाई थुनमा राखी आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।