शरद गौचन हत्या अभियोगमा समिरमानीकी श्रीमती पक्राउ

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुरमा गौचन हत्यामा संलग्नता रहेको भन्दै प्रहरीले प्रहरी थुनामा गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मायालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ । मायाले निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुरमा गौचनको हत्यामा प्रयोग भएका सुटरलाई साधन स्रोत तथा हतियार बन्दोबस्तमा सहयोग गरेको खुलेको छ ।

केही दिन अघि पक्राउ गरेका गौचन हत्याका सुटरका बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । उनका बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।