श्रद्धाञ्जलिका लागि नर्भिक पुगे नेताहरु वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् ।
वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत अवस्थामा आज निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उनको परिवारका एक सदस्यले जानकारी दिए ।
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए । श्रद्धाञ्जलिका लागि नर्भिक पुगे नेताहरु वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, “नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न,’ उनले भने । नेतृ हिसिला यमीसहित अस्पताल पुग्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, तथासबैका आदरणीय आदर्शवान् र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिए ।
मस्तिष्काघात भएर अस्पताल भर्ना एका तुलाधरको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरका थिए । उनी पत्रकार तथा साहित्यकार पनि हुन् ।
तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । सोमबार शोभाभगवतीमा उनको अन्तिम संस्कार गरिने बताइएको छ । रासस