निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । शव परीक्षण प्रतिवेदनले निर्मलाको बलात्कारपछि हत्या भएको रहस्य खुलेको थियो ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आजदेखि धर्नामा बस्ने भएका छन् ।
हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै परिवार धर्नामा बस्न लागेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन् ।
निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । शव परीक्षण प्रतिवेदनले निर्मलाको बलात्कारपछि हत्या भएको रहस्य खुलेको थियो । यसबीचमा प्रहरीले ४ जनाको डीएनए परीक्षणसमेत गरे पनि हत्यारा पत्ता लाग्न सकेको छैन । अन्य शङ्कास्पद चारको नमुना सङ्कलन गरे पनि प्रतिवेदन आएको छैन ।