तीन किलो शुद्ध सुन र त्यति नै चाँदी मिसाएर बनाइएको बोतलको बिर्कोमा हीरा जडान गरिएको बताइएको छ । बोतल यति महँगो छ कि रूसो–बाल्टिकले आफ्ना नयाँ मालिकलाई त्यो भोड्का ३० सेन्टिमिटर बुलेटप्रुफ सिसाको बक्समा राखेर दिएका थिए ।
डेनमार्कको राजधानी कोपनहेगनस्थित क्याफे ३३ का मालिक इङ्बर्ग बुधबार बिहान आफ्नो बारमा जाँदा उनको सबैभन्दा मूल्यवान् बोतल चोरी भइसकेको थियो । सो बोतल रूसो–बाल्टिकले ६ किलो सुन र चाँदीले बनाएका थिए ।
तीन किलो शुद्ध सुन र त्यति नै चाँदी मिसाएर बनाइएको बोतलको बिर्कोमा हीरा जडान गरिएको बताइएको छ । बोतल यति महँगो छ कि रूसो–बाल्टिकले आफ्ना नयाँ मालिकलाई त्यो भोड्का ३० सेन्टिमिटर बुलेटप्रुफ सिसाको बक्समा राखेर दिएका थिए । इङ्बर्गको बारमा १ हजार २ सयभन्दा बढी भोड्काका बोतलहरुको एक विशाल सङग्रह छ, तर अरु केही चोरी नभएको उनले बताए ।
‘मैले सो बोतल रुसको डात्र्ज फ्याक्ट्रीबाट ल्याएको हुँ, जुन फ्याक्ट्रीले विश्वका अति महँगा कार र भोड्का बनाउँछ । त्यो मेरो सङ्ग्रहमा ६ महिनासम्म रह्यो, तर अब छैन’, इङ्बर्गले डेनमार्कको टीभी २ लाई भने, ‘म साँच्चै नै अति विचलित भको छु, यो मेरो सङ्ग्रहमा तुषारापात भएको हो । जम्मा १२ सय हाराहारीको मेरो सङ्ग्रहमा त्यही नै विशेष बोतल थियो ।’ डेनिस पुलिसका अनुसन्धानकर्ता नुद हभासले एसोसिएट प्रेसलाई भने, चोरले क्याफे ३३ मा तोडफोड गर्यो कि उसँग चाबी थियो भनेर निश्चयमा पुगिहाल्न अहिले अलि छिटो हुन्छ ।
स्टुआर्ट मार्श लेख्छन्, ‘हाउस अफ कार्ड्स’ को उएटा एपिसोडमा भोड्काको उक्त बोतललाई देखाइएपछि त्यसलै निकै चर्चा पाएको थियो । नेटफ्लिक्सबाट प्रसारण हुने राजनीतिक थ्रिलर उक्त एपिसोड मुख्य कलाकार केविन स्पेसीविरुद्ध यौन उत्पीडनको आरोप लागेपछि हालै बन्द गरिएको थियो ।