दर्जनौँ विदेशी नेताहरू प्रथम विश्व युद्धको अन्त्य भएको दिनको सम्झनामा आयोजना गरिएको कार्यक्रममा आएका समय अमेरिकी राष्ट्रपतिले पेरिसमा अवतरण गरे लगत्तै गरेको ट्वीटमा म्याक्रोँको ‘युरोपियन मुलुकहरूको वास्तविक सेना’ बनाउने योजना अमेरिकाका लागि ‘अपमानपूर्ण’ अभिव्यक्ति भएको बताएका थिए ।
अमेरिकामा निर्मित हतियार खरिद गर्न युरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि म्याक्रोँले दिएको अन्तवार्तामा उक्त कुरा बताएका हुन् ।
दर्जनौँ विदेशी नेताहरू प्रथम विश्व युद्धको अन्त्य भएको दिनको सम्झनामा आयोजना गरिएको कार्यक्रममा आएका समय अमेरिकी राष्ट्रपतिले पेरिसमा अवतरण गरे लगत्तै गरेको ट्वीटमा म्याक्रोँको ‘युरोपियन मुलुकहरूको वास्तविक सेना’ बनाउने योजना अमेरिकाका लागि ‘अपमानपूर्ण’ अभिव्यक्ति भएको बताएका थिए ।
स्थानीय समयअनुसार शनिबार अमेरिकी राष्ट्रपतिसँगको कुराकानी पछि अमेरिकी टेलिभिजन सीएनएनका लागि लिइएको अन्तवार्तामा उक्त विवादका विषयमा दुई नेताबीच कुराकानी भएको र यसबारे उनको कार्यालयले गलत बुझाइ बाहिर आएको म्याक्रोँले बताए । हामीले पूर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार कुराकानी भएको र सञ्चारकर्मीको अगाडी आफ्नो अडान ठीक भएको उनले बताएको सीएएनएनसँगको कुराकानीमा म्याक्रोँले बताए ।
भेटमा दुवै नेता ‘उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)मा सही आर्थिक भार बहन गर्ने कुरामा’ सहमत भएको अर्थात् अमेरिकी रक्षाका लागि गरिने खर्चमा युरोप कम बोझ बहन गर्ने सहमति भएको छ, म्याक्रोँले भने । तर म्याक्रोँले सीएनएनसँग भने, प्रष्ट रूपमा भन्नुपर्दा मैले युरोपेली मुलकमा सुरक्षा शीर्षकमा बजेट बढाउने अमेरिकी हतियार किन्ने कुरा आफूलाई ठीक लागेको छैन । “यदि बजेट वृद्धि गरियो भने यो हाम्रो स्वायत्तताका लागि मात्रै गरिने छ ।”
गत महिना बेल्जियमले युरोपियन विमान नकिनेर अमेरिकी लडाकू जेट विमान एफ–३५ किन्ने निर्णयको आलोचना गरेका थिए । यसलाई उनले युरोपियन सहमतिविरुद्धको काम बताएका थिए । रासस/एएफपी