कात्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक

कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्यान्ड र भियतनाम छन् ।

कात्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक र मन्त्रीस्तरीय परामर्श बैठक आयोजना हुने भएको छ । नेपालसहित १२ मुलुकको सहभागिता रहने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकबीच परामर्श हुने जनाइएको छ । कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्यान्ड र भियतनाम छन् ।

३० गते हुने मन्त्रीस्तरीय परामर्श बैठकको उद्धाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन् । मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रममन्त्री गोकर्ण विष्टले गर्ने कार्यक्रम छ । बैठकमा ग्लोबल कम्प्याक्ट, अन सेफ्टी, अडरली एन्ड रेगुलर माइग्रेसन र कोलोम्बो प्रोसेसबीच अन्तरसम्बन्ध र जीसीएम कार्यान्वयनको सन्दर्भमा विश्वव्यापी, क्षेत्रीय, द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषयमा छलफल हुनेछ ।