वन्यजन्तुको छालासहित दुई पक्राउ

पक्राउ पर्नेमा रुकुम आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नपरपालिका–८ का २२ वर्षीय शेरबहादुर डिसी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नपरपालिका–८ का २२ वर्षीय शेरबहादुर डिसी छन् । उनीहरुलाई थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडाैंमा बुझाइएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिए ।

वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित मित्रनगरबाट बुधबार उनीहरुलाई पक्राउ गरेको थियो । बरामद गरिएको छाला चितुवा प्रजातिको जस्तो देखिए पनि यकिन नभएको बताइएको छ । रासस