बिचौलियाका कारण कार्यालयमा समस्या बढेको गुनासो बढेपछि कालिमाटी प्रहरीले ऋषि मोक्तान, रोशन शिवाकाटी र हेर्तबहादुर धिमाललाई पक्राउ गरेको हो ।
श्रम कार्यालय ताहाचलबाट तीन जना बिचौलिया पक्राउ परेका छन् । बिचौलियाका कारण कार्यालयमा समस्या बढेको गुनासो बढेपछि कालिमाटी प्रहरीले ऋषि मोक्तान, रोशन शिवाकाटी र हेर्तबहादुर धिमाललाई पक्राउ गरेको हो ।
कालिमाटी प्रहरीबिटका डीएसपी हेमेन्द्र बोगटीले पक्राउ परेका तीनै जनाले श्रम कार्यालयमा वैदेशिक रोजगारीको कामका लागि आउनेहरुलाई अलमलमा पार्ने र कर्मचारीसँगको मिलेमतोमा काम गर्ने गरेको गुनासो परेको बताए । पक्राउ परेका तीनै जनालाई प्रहरी थुनामा राखी अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ ।
केही समयअघि काठमाडौं प्रहरीले २ दर्जनभन्दा बढी बिचौलियालाई पक्राउ गरी कार्बाही गरेको थियो ।