सङ्गठनबाट सम्पादित जनसरोकारका विषयहरुलाई जानकारी गराउन डीआईजी श्रेष्ठलाई प्रवक्ता तोकिएको मुख्यालयले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल मुख्यालयले प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरजकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका गतिविधि तथा सङ्गठनबाट सम्पादित जनसरोकारका विषयहरुलाई जानकारी गराउन डीआईजी श्रेष्ठलाई प्रवक्ता तोकिएको मुख्यालयले जानकारी दिएको छ । मुख्यालयले प्रवक्ता श्रेष्ठलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।