नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिीआईबी)ले कार्कीलाई शनिबार काठमाडौंको मन्डिखाटारबाट पक्राउ गरेको हो ।
रोजगारीका लागी युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नर्थ पोल ओभरसिज प्रालिका सञ्चालक विनोदकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिीआईबी)ले कार्कीलाई शनिबार काठमाडौंको मन्डिखाटारबाट पक्राउ गरेको हो । कार्कीले २०६८ सालमा वैदेशिक रोजगारका लागि पोल्यान्ड, यूएई, मलेसिया र बहाराइन पठाइदिने भन्दै सुरेन ढकाललगायत १० जनाभन्दा बढीबाट १६ लाख ४३ हजार ७ सय १९ रुपैयाँ उठाएर फरार थिए।
लामो समय सम्म कार्कीले बिदेश नपठाएपछि पीडितको उजुरीपछि वैदेशिक रोजगार न्यायाधिकरणले कार्कीलाई १ वर्ष कैद र ४ लाख करम जरिवाना गरेको थियो । न्यायाधिकरणको फैसलापछि कार्की विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए।
कार्कीलाई प्रहरीले कैद भुक्तान गर्न अदालत पेस गरेको थियो । कार्कीलाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।