स्वास्थ्य बिमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था भएपनि खुला प्रतिस्पर्धाबाट नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनी नियुक्त भएका छन् ।
स्वास्थ्य बिमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था भएपनि खुला प्रतिस्पर्धाबाट नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यकारी निर्देशक रहेका लोहनीले स्वास्थ्य बिमा ऐन आएपछि बोर्डमा नयाँ निर्देशक नियुक्त हुनुपर्ने भन्दै साताअघि राजीनामा दिएका थिए । सरकारले गत असोज २४ गते बिमा ऐन ल्याएको हो ।