जेलमा रहेका गुन्डानाइके समीर पत्नीमाथि तीन मुद्दा

स्रोतका अनुसार एक नाम चलेका ठेकेदारले जेलमा रहेका समीरलाई सूचना दिन्थे, त्यो सूचना समीरले पत्नी मायालाई दिन्थे र उनले सुटर राना तथा लोप्साङलाई धम्की दिन निर्देशन दिने गरेकी थिइन् । त्यसैगरी ६० जना निर्माण व्यवसायीलाई धम्की दिएर रकम माग गरेपछि निर्माण व्यवसायी गृहमन्त्रीकहाँ पुगेका थिए ।

जेलमा रहेका गुन्डानाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई प्रहरीले तीन ओटा मुद्दा दाउयर गर्ने तयारी गरेको छ । प्रहरी इन्काउन्टरमा कुमार घैंटे मारिएपछि भूमिगत भएका समीरको योजनामा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचन, रुपन्देही युवासंघका अध्यक्ष दुर्गा तिवारी र रुपन्देहीकै काठ व्यापारी बलु पौडेलको हत्या भएको थियो ।

त्यसैगरी समीरकै योजनामा ६० भन्दा बढी ठेकेदारलाई धम्की दिएर करोडांै रकम उठाइएको थियो । सो हत्यामा प्रयोग भएका हतियार र रकमको व्यवस्थापन समीरकी पत्नी मायाले नै गरेको खुलेपछि महानगरीय अपराध महाशाखाले उनलाई काठमाडौंको ठूलो भ¥याङबाट कात्तिक १८ गते नियन्त्रणमा लिएर हत्या, हातहतियार खरखजना र जबर्जस्ती रकम असुलीमा मुद्दा अघि बढाएको हो ।

‘अनुसन्धान हँुदै छ, हत्या, फिरौती र हातहतियारमा मुद्दा चल्छ हामी अनुसन्धान गर्दै छौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिहंले भने । उनका अनुसार पतिको निर्देशनमा मायाले दुर्गा तिवारीदेखि शरद गौचनको हत्यामा प्रयोग भएका पेस्तोलको व्यवस्थापन गर्ने काम गरेकी थिइन् ।

त्यसैगरी मायाले सुटरलाई दिनुपर्ने रकमको समेत आफै व्यवस्था गर्ने र धम्कीबाट उठेको रकम आफैं राख्ने गरेको पक्राउ परेका सुटरले प्रहरीमा बयान दिएका छन् । जेलमा रहेका पतिसँग मिलेर मायाले निर्माण व्यवसायीसँग जबर्जस्ती रकम असुली गर्न लगाएकी थिन् ।

स्रोतका अनुसार एक नाम चलेका ठेकेदारले जेलमा रहेका समीरलाई सूचना दिन्थे, त्यो सूचना समीरले पत्नी मायालाई दिन्थे र उनले सुटर राना तथा लोप्साङलाई धम्की दिन निर्देशन दिने गरेकी थिइन् । त्यसैगरी ६० जना निर्माण व्यवसायीलाई धम्की दिएर रकम माग गरेपछि निर्माण व्यवसायी गृहमन्त्रीकहाँ पुगेका थिए ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महाशाखालाई सो घटनाको अनुसन्धान गर्न दिएको थियो । महाशाखाको टोलीले शरद गौचन हत्यामा प्रयोग भएका सुटरलाई पक्राउ गरेपछि मायाको संलग्नताबारे खुलेको हो । गौचन हत्यामा गोली हान्ने सुटर लोप्साङ लामा, अम्बरबहादुर राना र रोशन बुढाथोकीले घटनामा प्रयोग भएको पेस्तोलको व्यवस्थापन मायाले गरेको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो ।

दाबालाई गोली हान्ने बेला पनि मायाले नै सीतापाइलामा पेस्तोल दिएको रानाले प्रहरी बयानमा खुलाएका छन् । उनले भनेका छन्, ‘घटनामा प्रयोग हुने पेस्तोल मैले मायाबाट लिने गरेको थिएँ । घटना पनि उनैलाई फिर्ता गर्ने गरेको थिएँ ।’ प्रहरी स्रोतका अनुसार समीरलाई सूचना दिने ठेकेदारबारे प्रहरीले अनुसन्धान थालेको छ । ‘जेलमा रहेका समीरको कोकोसँग फोन सम्पर्क थियो अनि समीरपत्नी मायासँग ककसको सम्पर्क थियो, त्यो सबै आएको छ, त्यसबारेमा हामी केलाउँदै छौं,’ एसएसपी सिंहले भने ।