क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् ।

यस विपदमा हराइरहेका व्यक्तिहरुको सङ्ख्या १२ सयभन्दा बढी भएको बताइएको थियो । तर यो सङ्ख्या ९९३ मात्र भएको जारी काउन्टी प्रहरी अधिकारीद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका र विस्थापित भएका हजारौं मानिस अस्थायी शिविरमा छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रमा शनिबार भ्रमण गरेका थिए । रासस/एएफपी