अदालतमा तोडफोड गर्ने नूरप्रसादलाई रिहाई गर्न अधिकारकर्मी समूहको दवाब

अधिकारीलाई सरकारले ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरिरहेको भन्दै उक्त कार्यको भर्त्सना गर्दै सो समूहले अपिल जारी गरेको हाे ।

नागरिक समाज, मानव अधिकारकर्मी तथा द्वन्द्व पीडित समुदायको समूहले गङ्गामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई रिहाई गर्न अपिल गरेको छ । अधिकारीलाई सरकारले ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरिरहेको भन्दै उक्त कार्यको भर्त्सना गर्दै सो समूहले अपिल जारी गरेको हाे ।

समूहद्वारा जारीे अपिलमा द्वन्द्वकालीन समयमा पीडक रहेको ठूलो समूह अहिले सत्तारुढ रहेको र उसले द्वन्द्वकालका पीडितलाई न्याय एवम् परिपूरणको व्यवस्था गर्नुको साटो धम्क्याउँदै मानवता विरुद्धका अपराधीलाई उन्मुक्ति दिने काम गरिरहेको उल्लेख छ ।

अपिलमा युद्ध अपराधी, मानवता विरुद्धका अपराधी र अन्य जघन्य वा गम्भीर अपराधीमाथि अनुसन्धान, अभियोजन र हदैसम्मको सजाय गर्न तथा पीडितको सत्य, न्याय र परिपूरणको अधिकार कानुनी रुपमा सुनिश्चित गर्न समेत समूहले माग गरेको उल्लेख छ ।