निःशुल्क आँखा शिविर

बालीघाट क्षेत्र संरक्षण समितिको आयोजना र बालिघाट स्वास्थ्य एकाइको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । बालीघाट क्षेत्र संरक्षण समितिको आयोजना र बालिघाट स्वास्थ्य एकाइको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आँखा परीक्षण गर्नाका साथै निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको थियो । डा गोपाल खनालसहितको चिकित्स टोली उपचारमा संलग्न रहेको बालीघाट क्षेत्र संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताए ।

सो अवसरमा शिविरमा सहयोग गर्ने चिकित्सक टोलीलाई सम्मान गरिएको थियो । “ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि शिविर सञ्चालन गरेका हौँ,” अध्यक्ष ओझाले भने ।