जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।
रुपन्देहीका सरकारी वकिललाई अख्तियार टोलीले घुससहित पक्राउ गरेको छ ।
जिल्ला अदालतमा परेको ठगीको मुद्दा मिलाइदिने भन्दै जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
अख्तियारको टोलीले निरौलालाई मङ्गलबार बिहान कार्यालय समयमा नियन्त्रणमा लिएको हो । पक्राउ परेका निरौलालाई हिरासतमा राखी उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।
अख्तियारको टोलीले यसअघि जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।