गृह मन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि फ्रान्सका राजदूत फन्सोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे ।
नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटनलगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिन राजदूत लेजेलाई आग्रह गरे । उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदूतमार्फत् फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे ।
गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई तालिम र विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीमा सहयोगका लागि राजदूतसँग आग्रहसमेत गरे ।
राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समूह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बर्सेनी ३० हजारभन्दा बढी फ्रान्सेली पर्यटक नेपाल भ्रमणमा आउने गरेको र उनीहरुको सुरक्षाबारे चासो व्यक्त गर्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकलाई दिँदै आएको सुरक्षाबाट आफूहरु सन्तुष्ट रहेको बताए ।
विपद् व्यवस्थापनलगायतका अन्य क्षेत्रमा नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको राजदूत लेजेको भनाइ छ ।