नेपालमा सन् २०११ देखि नै अफ्रिकन फिल्म फेस्टिभल हुँदै आएकाे छ ।
आगामी सोमबारबाट ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ । नेपालमा सन् २०११ देखि नै अफ्रिकन फिल्म फेस्टिभल हुँदै आएकाे छ । विनशकारी भूकम्प गएको वर्ष भने फेस्टिभल भएको थिएन ।
नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको फेस्टिभलका निर्देशक डा. मञ्जु मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिइन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन (सिजेएमसी)ले उक्त चलचित्र महोत्सव गर्न लागेको हो ।
नेपाल र अफ्रिकाको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले नेपाल अफ्रिका मन्मेन्ट का साथै नर्वे, नेपाल र सुडानको संयुक्त किताब बिमोचन गरिने समेत सम्मेलनमा जानकारी दिइयो । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिनसम्म चल्ने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ अाेटा चलचित्र प्रदर्शनी गरिने महोत्सवका निर्देशक डा मञ्जु मिश्रले जानकारी दिइन् । महोत्सवमा विदेशी चलचित्र निर्देशकको समेत उपस्थित रहने छ ।
सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक बिमल कँडेलले नेपाल र अफ्रिका विचको दुरी कम गर्ने यो महोत्सव सहयोगी हुने बताए । महोत्सवमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित चलचित्र ‘छाया’ लगायत प्रदर्शन गरिनेछ ।
महोत्सवले नेपाल र अफ्रिकी मुलुकसँगको सम्बन्ध विस्तारमा टेवा पुग्ने आयोजकको दाबी छ ।