जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार फुलमायाले दिउँसो करिब १ बजेतिर घरमा कोही नभएको समयमा मादकपदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएकी हुन् ।
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० माखाममा बुधबार एक महिलाले श्रीमान्सँग विवाद हुँदा आफ्नै घरमा आगो लगाएकी छन् ।
स्थानीय जितबहादुर तामाङ र उनको श्रीमती फूलमाया तामाङबीच विवाद हँुदा श्रीमतीले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १२ लाख ९१ हजारबराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार फुलमायाले दिउँसो करिब १ बजेतिर घरमा कोही नभएको समयमा मादकपदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएकी हुन् ।
आगलागीबाट तीनतले घर, घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
फुलमायालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।