नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई शुक्रबार बिहान हृदयघात भएको छ । घरमै रहेका बेला उनलाई बिहान ९ बजेतिर अचानक हृदयघात भएपछि उनलाई गंगालाल हस्पिटल बासवारीमा उपचारका लागी भर्ना गरिएको थियो । नेबिसंघका नेता अर्बत खड्काकाअनुसार अप्रेसनपछि उनी यतिबेला खतरामुक्त रहेका छन् ।
उनको अहिले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।