वेबइस्टर एजुकेसन नेटवर्क्सकी सञ्चालिका काठमाडौं, नैकाप बस्ने वर्ष ३७ की वाइबालार्इ २०७५ मङ्सिर ७ गते पक्राउ गरी जिल्ला अदालत काठमाडैंमा पेस गरिएको छ ।
क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजात बनाई भारत पुर्याएर पीडितहरुबाट प्रति व्यक्ति ७ देखि १२ लाख रुपैयाँसम्म रकम लिई मानव वेचबिखन तथा ओसारपसारमा संलग्न सुनिता तिवारी वाइबालाई प्रहरीले पत्रफाउ गरेकाे छ ।
वेबइस्टर एजुकेसन नेटवर्क्सकी सञ्चालिका काठमाडौं, नैकाप बस्ने वर्ष ३७ की वाइबालार्इ २०७५ मङ्सिर ७ गते पक्राउ गरी जिल्ला अदालत काठमाडैंमा पेस गरिएको छ ।
साे घटनामा अन्य प्रतिवादीसहितले शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडौंको पुतलीसडकमा कार्यालय खोली विशेष गरी विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न पत्र पत्रिकाहरुमा विज्ञापन दिने र पीडितहरु सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँ दिल्ली लगायतका विभिन्न स्थानहरुमा पुर्याई महिनौंसम्म राखी शोषण गरी पीडितहरूलाई अलपत्र पारी सम्पर्क विहीन हुने अापराधिक प्रवृत्ति अपनाउने गरेको पाईएको प्रहरीले बताएकाे छ ।