दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका जीपचालक २७ वर्षीय हरिदुवारी रानाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।
कैलालीको गौरीगङगा नगरपालिका ९ शङ्करपुरमा बस र जीप एक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी जीपमा सवार धनगढी ८ की ४० वर्षीया जानकी देवी रानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी रानालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका जीपचालक २७ वर्षीय हरिदुवारी रानाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।
बाँकी ५ जनाको अवस्था भने सामान्य छ । शनिबार साँझ ७ बजे से १ च ५७५ नम्बरको जीप र ना ५ ख ७८७९ नम्बरको बस आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।