पन्तलाई विमानमार्फत् काठमाडौं ल्याउने तयारी थियो, तर उनको अवस्था देखेर विमान कम्पनीले अनुमति नदिएपछि उनलाई गाडीमार्फत् काठमाडौं ल्याइएको हो ।
कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य परीक्षण गर्न बेहोस बनाएर काठमाडौं ल्याइएको छ ।
केही दिनयता पन्तले असामान्य व्यवहार गर्न थालेपछि स्वास्थ्य परीक्षण गर्न बेहोसीको औषधी प्रयोग गरी काठमाडौं ल्याइएको हो ।
उनलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत् काठमाडौं ल्याइएको छ ।
पन्तलाई विमानमार्फत् काठमाडौं ल्याउने तयारी थियो, तर उनको अवस्था देखेर विमान कम्पनीले अनुमति नदिएपछि उनलाई गाडीमार्फत् काठमाडौं ल्याइएको हो ।
काठमाडौं ल्याउने तयारीका साथ उनलाई विमानस्थल लगिए पनि बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाको कारण देखाउँदै उनलाई विमान कम्पनीले उडाउन नमानेको प्रहरीले जनाएको छ ।
पन्तलाई विमानबाट पठाउन नसकिएपछि गाडीमार्फत् स्वास्थ्य परीक्षणका लागि काठमाडौं पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए ।
पन्तका साथ निर्मलाकी आमा र अन्य दुई आफन्त पनि काठमाडौं आएका छन् ।
छोरीका हत्यारा पत्ता लगाउन भन्दै दबाव दिन निर्मलाका आफन्तहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कन्चनपुरमा धर्ना दिँदै आएका थिए ।