पक्राउ पर्नेमा धनकुटा साँगुरीगडी नगरपालिका ९ का ३३ वर्षीय विष्णु राई छन् ।
सुनसरीको धरान उपमहानगरपालिका २० विष्णुपादुका भञ्ज्याङबाट प्रहरीले १२ किलो अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगडी नगरपालिका ९ का ३३ वर्षीय विष्णु राई छन् ।
अस्थाई प्रहरी पोस्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले राईलाई शनिबार साँझ पक्राउ गरेको हो ।
को ३० प ७३५५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राईसँग गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।