मुस्ताङको लोमान्थानमा १ सय ५० मेगावाट र रसुवाको चिलिमेमा १ सय २५ मेगावाटको सौर्य उर्जा उत्पादनका लागि सर्भेक्षण अनुमति दिने निर्णय भएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।
सरकारले २ सय ७० मेगावाटको सौर्य उर्जा उत्पदनका लागि सर्भेक्षण अनुमति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको ३३ औं बैठकले यस्तो निर्णय गरेको हो ।
सार्वजिनक निजी साझेदारी(पीपीपी) अवधारणाअनुसार विकासकर्ता डोल्मा फण्ड म्यानेजमेन्टलाई दुवै सौर्य उर्जा प्रणाली निर्माणका लागि सर्भेक्षण अनुमति दिइने भएको हो । मुस्ताङको लोमान्थानमा १ सय ५० मेगावाट र रसुवाको चिलिमेमा १ सय २५ मेगावाटको सौर्य उर्जा उत्पादनका लागि सर्भेक्षण अनुमति दिने निर्णय भएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।
‘२ सय ७० मेगावाटको सौर्य उर्जा उत्पादन गर्न सर्भेक्षण दिने निर्णय भएको छ’ उनले भने,‘पीपीए अवधारणाअनुसार सौर्य उर्जा उत्पादनका लागि सर्भेक्षण अनुमति दिने निर्णय बोर्डले गरेको छ ।’
बोर्डले सार्वजनिक निजी साझेदारी र लगानी सम्वन्धी ऐनको मस्यौदा तथा परियोजना पूर्वाधार निर्माण सम्वन्धी कार्यविधी कानुन निर्माणको काम अगाडी बढाउने निर्णय भएको वाग्लेले बताए ।