काठमाडौंको बुद्धनगरको एक फर्निचरमा आगलागी भएको छ । फर्निचरमा लागेको आगो नियन्त्रण बाहिर गएको बुद्धनगर प्रहरी प्रभाग काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त थापाले जानकारी दिए ।
चिनियाँ फर्निचरको गदाममा लागेको आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुरबाट दमकल बोलाइएको छ । ‘आगो नियन्त्रणमा लिने प्रयास जारी छ,’ एसएसपी थापाले भने, ‘तीन ओटै महानगरपालिकासँग रहेको दमकल बोलाइएको छ ।