तामाङको छैटौं वार्षिक स्मृतिका अवसरमा भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको आयोजना र तामाकोसी गाउँपालिका २ को सहआयोजनामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल आयोजना हुने भएको हो ।
नेपाली काग्रेसका नेता एवम् आदर्श पुरुष भीमबहादुर तामाङको स्मृतीमा उनको जन्मस्थल झुलेमा अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । तामाङको छैटौं वार्षिक स्मृतिका अवसरमा भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको आयोजना र तामाकोसी गाउँपालिका २ को सहआयोजनामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल आयोजना हुने भएको हो ।
भलिबल प्रतियोगिता कार्यक्रमका संयोजक राजेन्द्र योञ्जनले मङ्सिर २० देखि २२ गतेसम्म वडा कार्यालयमा रहेको खेल मैदानमा सञ्चालन गर्न लागिएको बताए । उनले प्रतियोगितामा प्रथम हुनेले १ लाख , द्वितीय ७५ हजार, तृतीय ५० हजार र सान्त्वना हुनेले २५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने बताए ।
यस्तै उत्कृष्ट स्ट्राइकर, डिफेन्डर, लिफ्टर ब्लकर र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको बताउँदै अनुशासित टिमलाईसमेत पुरस्कार दिइने जानकारी दिए । प्रतियोगितामा दोलखासहित रामेछाप र सिन्धुपाल्चोकका खेलाडीहरुले समेत सहभागिता जनाउन मिल्ने संयोजक योञ्जनको भनाइ छ ।
पूर्व कानुनमन्त्री समेत रहेका तामाङको २०६९ साल मङसिर १६ गते हृदयघातका कारण निधन भएको थियो । उनको सम्झनामा गृह गाउँ झुलेमा वार्षिक रुपमा कार्यक्रम हुँदै आएको छ ।