१५ वर्षिया बालिकालाई जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको हो ।

काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ प्रहरीले एक युवक पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको हो ।

सोबारे घरमा कोही नभएको मौका छोपी विकले बालिकालाई करणी गरेको भन्दै आफन्तले प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले आरोपी विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।