भारतीय लगानीकर्ताहरु क्रिप्टोकरेन्सीतर्फ आकर्षित

क्रिप्टोकरेन्सी एक्सचेञ्ज गर्ने भारतको बेङ्गलुरु सहरस्थित कम्पनी युनोक्वाइनको आँकडाअनुसार, डिसेम्बर २०१६ मा उक्त कम्पनीबाट एक हजार व्यक्तिले रजिस्ट्रेसन गरेका थिए भने गत महिना प्रतिदिन दस हजारको औसतले रजिस्ट्रेसन भए ।

बेङ्गलुरु, भारत
सरकारले दिएको कडा चेतावनीका बावजुद भारतीय लगानीकर्ताहरु बिटक्वाइन, रिपल र लाइटक्वाइन जस्ता क्रिप्टोकरेन्सीतर्फ आकर्षित हुँदैछन् । क्रिप्टोकरेन्सी एक्सचेञ्ज गर्ने प्लेटफार्महरुमा रजिस्ट्रेसनका लागि लामो प्रतीक्षासूचीमा बस्नुपर्ने भएको छ ।

बितेका केही वर्षहरुमा भर्चुअल मुद्राको मूल्यमा आश्चर्यजनक वृद्धि भएकाले मान्छेहरु यसैको प्रयोगले व्यापार गर्न चाहन्छन् । क्रिप्टोकरेन्सी एक्सचेञ्ज गर्ने भारतको बेङ्गलुरु सहरस्थित कम्पनी युनोक्वाइनको आँकडाअनुसार, डिसेम्बर २०१६ मा उक्त कम्पनीबाट एक हजार व्यक्तिले रजिस्ट्रेसन गरेका थिए भने गत महिना प्रतिदिन दस हजारको औसतले रजिस्ट्रेसन भए । केही दिनअघि मात्र भारतका वित्तमन्त्री अरुण जेटलीले सरकार र रिजर्भ बैङ् अफ इन्डियाले कुनै पनि क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता नदिएको बताएका थिए ।

क्रिप्टोकरेन्सी एक्सचेञ्ज गर्ने सबै वेबसाइटहरुको हालत पनि यस्तै छ । क्वाइनश्योरले आप्mनो वेबसाइटमा सूचना नै लेखेको छ, ‘ग्राहकहरुको ’नो योर कस्टमर’ (केवाईसी) प्रोसेसमा अझै केही समय लाग्ने छ ।’ उनीहरुसँग रजिस्ट्रेसनका लागि प्रतिदिन औसत चार हजार आवेदन आइरहेका छन् । उनीहरुले आप्mनो वेबसाइटमा थोरै परिवर्तन गरी भेरिफिकेसनबिना नै पेमेन्ट गर्न मिल्ने विकल्प बन्द गरिदिएका छन् । अरु वेबसाइटहरुसँग पनि कामको बोझ थपिएको छ जसले गर्दा नयाँ कर्मचारी थप्ने योजना पनि बनाएका छन् ।

यहाँ यो भन्नु उपयुक्त होला कि भारतमा कुनै व्यक्तिले कम्तीमा दस हजार भारतीय रुपैयाँको बिटक्वाइन मुद्रा किन्न सक्छ । कुनै क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफार्ममा लगइन गरेपछि सबैभन्दा पहिला युजरको उपलब्ध भएजति सबै जानकारीहरुको परीक्षण गरिन्छ । त्यसपछि फन्ड ट्रान्सफर हुन्छ र युजरलाई एउटा डिजिटल वालेट प्राप्त हुन्छ जुन वालेटमा बिटक्वाइन स्टोर गर्न सकिन्छ । हाल एउटा बिटक्वाइनको मूल्य दस लाख भारतीय रुपैयाँ जति पर्छ तर गत महिना यसको मूल्य १९ लाख भारतीय रुपैयाँसम्म पुगेको थियो जुन अहिलेसम्मकै उच्च हो ।

नेपालमा भने यसको खरिदबिक्री गैर कानुनी मानिन्छ ।