नेविसङ्घको १२ औं महाधिवेशन पुस २८ देखि काठमाडौंमा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ । नेविसंघ केन्द्रिय कार्यसमितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। सोही समयसीमा भित्र पूरा हुने गरी नेविसंघले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार मंसिर २२ गतेभित्र मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसीर २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।