महानगरीय अपराध महाशाखाको टोलीले सम्पादक चन्दलाई काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो ।
काठमाडौं : गएको मङ्सिर ८ गते चितवनमा प्रचण्डलाई खुकुरी प्रहारको प्रयास भएको भन्दै समाचार बनाएको आरोपमा प्रहरीले पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सम्पादक चन्दलाई काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो ।
कार्यक्रमका सिलसिलामा चितवन पुगेका प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास भएको भन्दै सो अनलाइनले झुटो समाचार छापेको भन्दै महाशाखाको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिहले बताए ।
पक्राउ परेका सम्पादक चन्दलाई विद्युतीय कारोबार ऐनमा अनुसन्धान बढाइएको महाशाखाले जनाएको छ ।