पाण्डेयले राष्ट्रिय अनुसन्धान कार्यालय हेटौंडामा काम गर्न भन्दै नक्कली नियुक्तिपत्रसमेत दिएर झुक्काई बाराका ३ जनासँग ७ लाखभन्दा बढी रकम ठगी गरेका थिए ।
काठमाडौं । राष्ट्रिय अनुसन्धानको विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने वीरगन्ज महानगरपालिका १३ का आलोककुमार पाण्डेय भन्ने सन्तोषकुमार पाण्डेयलाई प्रहरीले पक्राउ गरेको छ । पाण्डेयले राष्ट्रिय अनुसन्धान कार्यालय हेटौंडामा काम गर्न भन्दै नक्कली नियुक्तिपत्रसमेत दिएर झुक्काई बाराका ३ जनासँग ७ लाखभन्दा बढी रकम ठगी गरेका थिए ।
पीडित युवकहरुले नक्कली नियुक्तीपत्र भएको थाहा पाएर प्रहरीमा उजुरी दिएपछि पर्सा प्रहरीले पाण्डेयलार्इ सोमबार पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पाण्डे यसैगरी अन्य व्यक्तिलाई पनि ठगेको हुनसक्ने भन्दै कोही पीडित भएमा खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ ।