६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरी फरार रहेकी २६ वर्षीया रमिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
दाङ : दाङको राप्ती गाउँपालिका ५ कालापानी स्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरी फरार रहेकी सोही गाउँपालिका ५ पहरुवा का २६ वर्षीया रमिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीकी सञ्चालक समेत रहेकी चौधरीलाई प्रहरीले सोमबार भालुवाङबाट पक्राउ गरेको हो । पक्राउ परेकी चौधरीलाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला अदालत दाङमा मङ्गलबार उपस्थित गराएको छ ।