मलेसियाको कलिङ भिसा तत्काल खोल्न संघको माग

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियासँग नेपालले गरेको श्रम समझदारीको १ महिनापछि पनि मलेसिया नखुलेको भन्दै तत्काल कलिङ भिसा खुल्ला गर्न सरकारलाई आग्रह गरेको छ ।

मलेसिया जाने कामदारलाई आर्थिक भार पार्न कम्पनी भीएलएन, बायोमेट्रिक, वानस्टप सेन्टर, आइएससी खारेजीको घोषणा गरि नयाँ श्रम समझदारीभएपनि समझदारीपछि संयुक्त कार्यदलले निर्णय गरेअनुसार कलिङ भिसाका लागि खुल्ला गर्न भनिएपनि एक महिनासम्म पनि नखोलेपछि संघले ध्यानाकर्षण भएको जनाउँदै मंसिर १९ भित्र श्रम स्विकृती खुल्ला गर्न र नगरेमा कलिङ भिसा प्राप्त कामदारहरुको भिसा स्ट्याम्पिङ प्रक्रिया अगाडी बढाउन बैदेशिक रोजगार व्यवसायीहरुलाई संघले आह्वान गर्न बाध्य हुने जनाइएको छ ।

संघका अध्यक्ष रोहन गुरुङले ७ महिना बन्द भएको मलेसियाले बैदेशिक रोजगार व्यवसायी र कामदारलाई समस्या भएको भन्दै सरकारले समस्या समाधान गर्छ भनेर नै ७ महिना कुरेको बताए । श्रम समझदारी भएको पनि १ महिनामा सरकारले कुनै पहल नगर्नु अनौठो भएको उनले बताए ।