गोंगबुको गेष्ट हाउसकै रिसेप्सनबाट बालक बेपत्ता

मङ्गलबार साँझ रिसेप्सनमा खेल्दै गरेका छोरा एका एक बेपत्ता भएको भन्दै बालकका बाबु प्रवीण कुँवरले जानकारी दिए ।

काठमाडौं : काठमाडौंको गोंगबुस्थित त्रिवेणी गेष्ट हाउको रिसेप्सनबाट सोही गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवंरका छोरा बेपत्ता भएका छन् ।

मङ्गलबार साँझ रिसेप्सनमा खेल्दै गरेका छोरा एका एक बेपत्ता भएको भन्दै बालकका बाबु प्रवीण कुँवरले जानकारी दिए । साँझ रिसेप्सनमा खेल्दै गरेको छोरा बेपत्ता भएको र सोको जानकारी प्रहरीमा गराएको उनले बताए ।

बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।