विद्युत् चुहावट गर्ने ५३ पक्राउ, पाँच लाख ८६ हजार राजस्व सङ्कलन

केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।

लहान : हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरी जरिवाना गरेको छ ।

केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।

अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत पाँच लाख ८६ हजार राजस्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टीभी, एलर्इडीलगायत सामान पनि बरामद गरिएको छ ।