जिल्ला दाङ घर भई ललितपुर सानेपा बस्ने वर्ष २८ को गोपाल वि.क., सल्यान शारदा नगरपालिका ६ घर भई ललितपुर पाटन बंगालामुखी बस्ने वर्ष २७ को सञ्जयकुमार तिरूवा र जिल्ला दाङ राप्ती नगरपालिका २ घर भएका वर्ष २७ को शिव कुमालसहित ३ जनालाई पक्राउ गरिएको छ ।
काठमाडाैं : महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सीअारभी प्रहरी टोलीले अवैध सुनसहित बल्खुबाट ३ जना नियन्त्रणमा लिएको छ ।
ललितपुर महानगरपालिका २ बल्खुबाट गए राति ११ बजे रोयल गेष्ट हाउस आगाडि बा १० च ८९९२ नम्बरको टाटा डीआई गाडीलाई चेकजाँचको क्रममा सुनजस्तो देखिने बस्तु १ केजी लेखिएको १ थान, ईलेक्ट्रिक तराजु सानो १ थान, धातु काट्ने कैंची १ थान र नगद ३६ लाख ६५ हजार रूपैयाँसहित ती ३ जनालार्इ प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला दाङ घर भई ललितपुर सानेपा बस्ने वर्ष २८ को गोपाल वि.क., सल्यान शारदा नगरपालिका ६ घर भई ललितपुर पाटन बंगालामुखी बस्ने वर्ष २७ को सञ्जयकुमार तिरूवा र जिल्ला दाङ राप्ती नगरपालिका २ घर भएका वर्ष २७ को शिव कुमालसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग बल्खुले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
विद्युत चोरी गर्ने पक्राउ
मोरङ : जहदा गाउँपालिका-१ बस्ने ५० वर्षीय चन्देश्वर साहसमेत १२ जनालाई विद्युत चोरी गरी प्रयोग गरिरहेको अवस्थामा फेला पारी मङ्गलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
विद्युत प्राधिकरण शाखा बिराटनगर, नेपाल प्रहरी र ससस्त्र प्रहरी बल समेतको संयुक्त रुपमा विद्युत चुहावट नियन्त्रण गर्न खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।