काठमाडाैंकाे न्युरोडमा कारकाे ठक्करबाट १० जना घाइते

बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिदाँ १० जना पैदल यात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

काठमाडाैं : न्यूरोट गेट नजिकै कारले ठक्कर दिदाँ १० जना घाइते भएका छन् । बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिदाँ १० जना पैदल यात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

उनका अनुसार कार अनियन्त्रित भई पैदल हिँडिरहेका १० जना मानिसलाई ठक्कर दिएको हाे । सबैको अवस्था अहिलेसम्म सामान्य रहेकाे र घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी पन्तले जानकारी दिए । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।