गोंगबुस्थित त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका ५ वर्षीय छोरा प्रयास गएको मङ्सिर ११ गते आफ्नै होटलको रिसेप्सनमा खेल्दै गरेका बेला अपहरणमा परेका थिए ।
काठमाडौं : काठमाडौंको गोंगबुस्थित होटलको रिसेप्सनबाट मङ्सिर ११ गते अपहरणमा परेका ५ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको छ ।
गोंगबुस्थित त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका ५ वर्षीय छोरा प्रयास गएको मङ्सिर ११ गते आफ्नै होटलको रिसेप्सनमा खेल्दै गरेका बेला अपहरणमा परेका थिए ।
बालक अपहरणमा परेको खबरपछि महानगरीय अपराध महाशाखाको टोलीले बालकको खोजी थालेको थियो । महाशाखाको टोलीले अपहरणकारीलाई पक्राउ गरेपछि बालकको हत्या भएको खुलेको हो ।
अपहरणपछि हत्या भएको अवस्थामा महाशाखाको टोलीले बालकको शव म्हेपीमा फेला पारेको छ । बालक हत्याको आशङ्कामा प्रवीणका सवारी चालक महेन्द्र एसके सार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ ।