कृष्ण पहाडीले दिए विप्लव र  सीके राउतलाई चेतावनी

मेरो भौतिक उपस्थिति र विचारको समुपस्थिति रहेसम्म हिंसाको माध्यमबाट एक दलीय कम्युनिष्ट शासन स्थापना हुन नसक्ने निचोडले विप्लव र घृणाको खेती गर्दै विखण्डनको अभिष्ट पूरा हुन नसक्ने निचोडले राउत आक्रान्त भएको देखिन्छ ।

मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता कृष्ण पहाडीले आपूmमाथि विभिन्न धम्कीपूर्ण अभिव्यक्तिहरु दिने व्यक्ति तथा संस्थाहरुलाई चेतावनी दिएका छन् ।

‘ओछ्यानमुनि बम पड्काउने लगायतका आक्रोशबारे नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा २०७४ पुस २० गते लिखित धारणा तथा घृणा र विखण्डनको अभियानकर्ता डा. सीके राउतले सामाजिक सञ्जालमा ओकलेको विषप्रति मेरो ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘सबैलाई म प्रष्ट पार्न चाहन्छु, भय भन्ने शब्द मेरो जीवनको शब्दकोषमा छैन ।’ उनले विप्लव र सीके राउतलाई सद्भाव आप्mनो ऊर्जाको आधार बनाउन आग्रह गरेका छन् । घृणा र विखण्डनको मार्गले मधेशको उत्थान र प्रगतिलाई नै क्षति पु¥याइरहेको त छैन ? उनको प्रश्न छ ।

मेरो भौतिक उपस्थिति र विचारको समुपस्थिति रहेसम्म हिंसाको माध्यमबाट एक दलीय कम्युनिष्ट शासन स्थापना हुन नसक्ने निचोडले विप्लव र घृणाको खेती गर्दै विखण्डनको अभिष्ट पूरा हुन नसक्ने निचोडले राउत आक्रान्त भएको देखिन्छ । बिरामी आमा बिछ्याउनामा थला परेका बेला केही साताअघि आप्mनो निधन भएको हल्ला सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएको र श्रद्धाञ्जली समेत अर्पण गरिएकोमा उनले दुखमनाउ गरेका छन् । ‘राष्ट्रिय स्वाभिमान, अहिंसा, सद्भाव, शान्ति, लोकतन्त्र, मानव अधिकारका पक्षमा मेरो विचार निरन्तर प्रवाहित भइरहने छ’, विज्ञप्ति मार्फत भनेका छन् ।