कुन बजार र कुन डिभाइसले सर्वप्रथम यो गति अपनाउनेछन् भन्ने अभैm निश्चित भइसकेको छैन । तर, ५ जीको आगमनले यसको हार्डवेयर विकासको सुरुआत भने भइसकेको छ ।
दूरसञ्चार र इन्टरनेट प्रदायक उद्योगहरु ५जीको परिकल्पनामा गइसकेको अवस्थामा सेवाप्रदायक संस्थाहरु त्यसको प्रयोगको होडबाजीमा लागेका छन् । यस दौडमा अमेरिकी टेलिकम कम्पनी एटी एन्ड टीले आफू पहिलो हुन्छु भन्ने आशा गरेको छ । सन् २०१८ को अन्त्यसम्म यसले देशका १२ ओटा सहरमा स्पेक–आधारित मोबाइल ५ जी लागू गर्ने योजना प्रस्तुत गरेको छ ।
कुन बजार र कुन डिभाइसले सर्वप्रथम यो गति अपनाउनेछन् भन्ने अझै निश्चित भइसकेको छैन । तर, ५ जीको आगमनले यसको हार्डवेयर विकासको सुरुआत भने भइसकेको छ । होइन, एटी एन्ड टीले आप्mनो नट–रियल्ली–५ जी वायरलेस सेवामातहत दिइरहेको छैन । ऊसँग अहिले २३ ओटा सहरी क्षेत्रमा ‘५जी इभोलुसन’ छ, र सन् २०१८ भरिमा सय सहरमा पु¥याउने अपेक्षा गरेको छ । त्यस्तै होस् वा नहोस्, तर, सायद तपार्इंले ३जी सेवालाई ४जीमा लैजाँदा हुन गएको गतिको भ्रम दोहोरिएको देख्न पाउनुहुनेछ । केही समयका लागि ४जी सँगसँगै वास्तविक ५ जी ।
कम्पनीले आप्mना प्रतिद्वन्द्वीहरुलाई धेरै समयको अग्रता लिन दिने छैनन् । स्प्रिन्टले २०१९ मा ५जी नेटवर्क ल्याउने प्रतिबद्धता जनाएको छ भने टी मोबाइलले सन् २०२० सम्मलाई थाँती राखेको छ । भेरिजोनले नि ? यसले सन् २०१८ कै सुुरुमा ५जी होम ब्रोडबैन्ड परीक्षण गर्दै छ । तसर्थ हामीले मोबाइल ५जी सञ्चालनमा आउन त्यति धेरै समय नलाग्ला भनेर अपेक्षा गरेका थियौँ । तैपनि यो एक इमानदारीपूर्वक असल वायरलेसतिर जाने स्तरोन्नतितर्फको एक महङ्खवपूर्ण पाइला हो, र यसले ४ के भिडियो परिचालन, अनलाइन भर्चुअल रियालिटी तथा अन्य प्रविधिहरुको परिचालनमा निकै फरक पार्छ जुन ५ जीको विशाल ब्यान्डविथ र न्यून अन्तरालमा निर्भर हुन्छन् ।