२५ किलो चरेससहित बुटवलबाट ४ जना पक्राउ

विशेष सूचनाका आधारमा विशेष ब्युरोको टोलीले रुपन्देहीका ओमबहादुर घर्ती, जाजरकोटका रोहितसिंह विक, तिलकपुन र टोपेन्द्र बोहरालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं : प्रहरीले बुटवलबाट २५ किलो अवैध लागुऔषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर ५ प्रहरीको विशेष ब्युरोले शनिबार राति बुटवलबाट २५ किलो अवैध लागुऔषध चरेससहित ४ जनालाई पक्राउ गरेको प्रदेश नम्बर ५ प्रहरी कार्यालयले जानकारी दिएको छ । विशेष सूचनाका आधारमा विशेष ब्युरोको टोलीले रुपन्देहीका ओमबहादुर घर्ती, जाजरकोटका रोहितसिंह विक, तिलकपुन र टोपेन्द्र बोहरालाई नियन्त्रणमा लिएको हो ।

जाजरकोटबाट बिक्री गर्न बुटवल ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चरेससहित पक्राउ परेका ४ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बुटवलमा बुझाएको प्रहरीले जनाएको छ ।