घरयासी विवाद हुँदा दाइमाथि खुकुरी प्रहार

शनिबार दिउँसो आफ्नै घरमा सुतिरहेका सञ्जीवलाई कोही नभएको मौका छोपी खुकुरी प्रहार गरेको र यसबाट दाजुको बायाँ हातको एउटा औंला काटिएको छ । साथै दाहिने कानको माथि टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिका–९ साँझ बोटेका नवीन सुवेदीले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरेका छन् ।

घरयासी विवाद हुँदा ३० वर्षीय सञ्जीव सुवेदीलाई भाइ नवीनले खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुई दाजुभाइबीच गएको दसंैमा झगडा भएको थियो ।

शनिबार दिउँसो आफ्नै घरमा सुतिरहेका सञ्जीवलाई कोही नभएको मौका छोपी खुकुरी प्रहार गरेको र यसबाट दाजुको बायाँ हातको एउटा औंला काटिएको छ । साथै दाहिने कानको माथि टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल झापामा उपचार भइरहेको र दाजुलाई खुकुरी प्रहार गर्ने नवीनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।