द भ्वाइस अफ नेपालको फिनाले कतारमा हुने

फिनाले कार्यक्रकको विषयलाई लिएर आयोजकले कतारस्थित विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग छलफल थालिएको आयोजक एवम् एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।

काठमाडौं : द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुने भएको छ । डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुनेछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एन्ड यती इभेन्ट म्यानेजमेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजक प्रवीण गुरुङ एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुन् । अर्का आयोजक डिल्लीकला थपलिया व्यवसायी हुन् । त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आईसीसी सदस्य हुन् ।

फिनाले कार्यक्रकको विषयलाई लिएर आयोजकले कतारस्थित विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग छलफल थालिएको आयोजक एवम् एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।