अनलाइन मार्केटमा पतञ्जलिको प्रवेश

उच्च गतिमा बढ्दो उपभोक्ता सामग्रीको कारोबारमा दह«ो उपस्थिति जनाएपछि योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेद अब ई–कमर्स मार्केटमा प्रवेश गर्दैछ ।

नयाँ दिल्ली
फास्ट–मोभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) अर्थात् उच्च गतिमा बढ्दो उपभोक्ता सामग्रीको कारोबारमा दह«ो उपस्थिति जनाएपछि योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेद अब ई–कमर्स मार्केटमा प्रवेश गर्दैछ । यसका लागि कम्पनीले सबैभन्दा ठूला ८ ओटा ई–कमर्स कम्पनीहरुसँग सहकार्य गर्ने तयारी गरेको छ । यिनमा ऐमजोन र प्mिलपकार्ट जस्ता अग्रणी कम्पनीहरु पनि समावेश छन् । रामदेवका प्रवक्ता एसके तिजारावालाले ट्वीट गरेर भनेका छन्, ’पतञ्जलि आयुर्वेदले अब अनलाइन मार्केटमा एन्ट्री गर्ने तयारी सुरु गरिसक्यो । विश्वका दिग्गज ई–कमर्स कम्पनीहरुसँग छिटै सम्झौता हुने कुराको घोषणा गर्नेछौं ।’ तिजारावालाले लेखेका छन्, ’पतञ्जलिका उत्पादनहरुको अनलाइन सपिङको नयाँ अध्याय छिटै सुरु हुनेछ । धेरैभन्दा धेरै ई–कमर्स पोर्टलहरुमा हाम्रा उत्पादनहरु उपलब्ध हुनेछन् ।’

यसभन्दा अघि २६ डिसेम्बरमा अन्तरराष्ट्रीय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न डाइपर, स्यानिटरी तथा न्यापकिनको बजारमा आप्mनो आँखा गएको पतञ्जलि आयुर्वेदका तर्फबाट घोषणा गरिएको थियो ।