ललितपुरको एकान्त कुनामा दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु

दुर्घटनामा परी महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौं । ललितपुरको एकान्तकुनामा आईतबार राति सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा परी महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर आईतबार राति साढे ९ बजे दुर्घटना परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका कडेंलको अल्का अस्पताल जावलाखेलमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।